दफा ८
सञ्चालकको पद रिक्त हुने व्यवस्था
(१) देहायको अवस्थामा सञ्चालकको पद रिक्त भएको मानिनेछ ः–
(क) दफा ७ बमोजिम सञ्चालकमा रहन अयोग्य भएमा, वा
(ख) सञ्चालकको पदबाट दिएको राजीनामा नेपाल सरकारद्वारा स्वीकृत भएमा, वा
(ग) कुनै मनासिब माफिकको कारणले उपस्थित हुन नसकेको सूचना नदिई लागातार तीन पटकभन्दा बढी समितिको बैठकमा अनुपस्थित भएमा, वा
(घ) साधारण सभाको दुई तिहाई बहुमतले सञ्चालकलाई सो पदबाट हटाउने निर्णय गरेमा ।
(२) कुनै सञ्चालकलाई सो पदमा कायम राख्नु संस्थानको हितको निमित्त उचित छैन भन्ने लागेमा नेपाल सरकारले निजलाई जुनसुकै बखत हटाउन सक्नेछ ।